Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

फागुन २५ गते अर्थात आउँदो शुक्रबार सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने

  •   ५ महिना अघि | २१ फाल्गुन २०८०, सोमवार

फागुन २१, काठमाडौँ । फागुन २५ गते अर्थात आउँदो शुक्रबार सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । आईपीओ  बाँडफाँट शुक्रबार बिहान १० बजे कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा हुने भएको छ।

गत फागुन १३ गतेदेखि १६ गतेसम्म कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। क्यापिटलका अनुसार उक्त शेयरमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

धितोपत्र निष्काशन नियमावली अनुसार मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिनेछ भने ५५ हजार ५२१ जना आवेदकले कम्पनीको शेयर प्राप्त गर्नेछन ।

  • न्युज बहार संवाददाता

थप