Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अब अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया सूचना तथा प्रसारण विभागमार्फत नै हुने

  •   १२ महिना अघि | ९ असोज २०८२, बिहिबार

असोज ९, काठमाडौँ । सरकारले अब अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया सूचना तथा प्रसारण विभागमार्फत नै गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन २०४८ अनुसार अनलाइन सञ्चारमाध्यम दर्ता गर्न सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोक्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए।

यस निर्णयसँगै अब अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि जिल्ला प्रशासन कार्यालय जानु नपर्नेछ। पहिलेको जस्तै सूचना विभागमार्फत नै प्रक्रिया अघि बढाइने मन्त्री खरेलले बताए।

यसअघि सरकारले ऐन संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ताको जिम्मा जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो। तर, मन्त्रिपरिषद्को पछिल्लो निर्णयले उक्त व्यवस्था खारेज गर्दै पुनः पुरानै प्रणालीमा फर्किएको हो।

  • न्युज बहार संवाददाता

थप