Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

२३.८१ अंकले घट्यो नेप्से

  •   २ महिना अघि | १६ जेष्ठ २०८१, बुधबार

जेठ १६, काठमाडौँ । नेप्से परिसूचक बजेट पछिको पहिलो कारोबार दिन घटेर बन्द भएको छ । आज नेप्से घटेर २१०० विन्दुभन्दा तल झरेको छ।

आज बजार परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा बन्द भएको हो।

नेप्से घट्दा कारोबार रकम भने बढेको छ। यस दिन ३१४ स्टकको ६३ हजार ८० पटकको कारोबारमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

आज ४ स्टक युनिलिभर नेपाल,  अप्पर लोहोरे खोला हाइड्रोपावर, कालिञ्चोक दर्शनभगवती हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.४१ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन १९ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।

आज म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ ।

आज सर्वाधिक २.६८ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ भने सर्वाधिक २.९४ प्रतिशतले बैंकिङ्ग उपसमूहको परिसूचक घटेको छ।

 

 

  • न्युज बहार संवाददाता

थप