जेठ ३, काठमाडौँ
। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिए संसदीय छानबिन
समिति गठन हुने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली
कांग्रेससँग गरेका छन् ।
प्रधानमन्त्री दाहालले बिहीबार बिहान सत्तारूढ नेकपा (एमाले) का
अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका
गृहमन्त्री लामिछानेसँग बालुवाटारमा कुराकानी गरेपछि कांग्रेस नेताहरूलाई उक्त प्रस्ताव
सहितको सन्देश पठाएका हुन।
प्रधानमन्त्री दाहालबाट सहकारी प्रकरणमा संसदीय छानबिन
समिति गठन गर्न तयार रहेको सन्देश आएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले
जनाएका छन ।
यता कांग्रेस पनि सहकारी प्रकरणमा संसदीय समिति बनाउने भए
गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिन लचिलो देखिएको छ।
- न्युज बहार संवाददाता