Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

चैते धान नबिकेपछि किसान चिन्तित

  •   २ महिना अघि | २९ जेष्ठ २०८१, मङ्लबार

जेठ २९, झापा । झापाको कचनकवल गाउँपालिकाका किसान गत चैतमा उत्पादित  चैते धान नबिकेपछि चिन्तित बनेका छन् । कचनकवल गाउँपालिका२ का किसान दुर्गाप्रसाद थापाका अनुसार केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि रु एक हजार दुई सयसम्ममा धान बिक्री गरेका थिए तर अहिले बिक्री ठप्प भएको छ ।

उनले भने, “मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएन, दुई दिनदेखि बिक्री ठप्प छ, किसानले धान बाटो पछार्नुपर्ने अवस्था आइसकेको छ ।धान स्थान सुपरजोन समन्वय समितिका सदस्यसमेत रहेका उनले खेतमा धान पाकेर अलपत्र परेको र किसानलाई सरकारले प्रोत्साहन गरेकै कारण उत्पादन बढेको बताएका छन । सरकारले किसानले उत्पादन गरेको धानको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुपर्ने उनको माग छ ।

किसानका अनुसार चैते धानमा चिस्यान बढी हुने भएकाले भण्डार गरेर राख्ने अवस्था हुँदैन, उचित मूल्य नपाए पनि बेच्नैपर्ने बाध्यता रहेको छ । कचनकवल क्षेत्रमा विगत एक दशकदेखि धान सुपरजोन घोषणा भएपछि धान उत्पादन वृद्धि भएको छ ।

  • न्युज बहार संवाददाता

थप