चैत
२५, काठमाडौँ । आगामी चैत २७ गते प्रतिनिधिसभाको उपसभामुख चयनका लागि निर्वाचन
सम्पन्न गरिने भएको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले
उक्त निर्वाचनको मिति औपचारिक रूपमा निर्धारण गरेका हुन्।
उनका अनुसार प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ को उपनियम २ अनुसार
उपसभामुख पदका लागि मतदान मिति तय गरिएको हो।
यसैबीच, संघीय
संसद सचिवालयले सो निर्वाचनसँग सम्बन्धित विस्तृत कार्यतालिका आजै सार्वजनिक गर्ने
तयारी गरेको छ।
सभामुख अर्यालले
निर्वाचन तालिकासम्बन्धी सूचना प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई
निर्देशन समेत दिएका छन्।
- न्युज बहार संवाददाता