Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दुर्गा प्रसाईं थुनामा राख्ने जिल्ला अदालतको आदेशविरूद्ध पुगे उच्च अदालत

  •   १ वर्ष अघि | १७ साउन २०८२, शुक्रबार

साउन १६, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं जिल्ला अदालत काठमाडौँले पुर्पक्षको लागि थुनामा पठाउन दिएको आदेशविरूद्ध उच्च अदालत पाटन पुगेका छन्। प्रसाईं सहित अन्य चार जना उच्च अदालतपाटन पुगेका हुन।

बिहीबारदेखि नै उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासमा यस विषयमा सुनुवाइ भइरहेको छ।

चैत १५ गते भएको तीनकुनेको घटनामा थुनामा रहेका प्रसाईंसहितले निवेदन दिएका हुन्।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेश बदर गर्न उनीहरूले माग गरेका छन्।

त्यस्तै उनीहरूविरूद्ध उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि नेपाल सरकारको तर्फबाट निवेदन दिएको छ भने दुबै पक्षको निवेदन एउटै इजलासमा सुनुवाइ भइरहेको हो।

  • न्युज बहार संवाददाता

थप