साउन १६, काठमाडौँ । बागमतीका मुख्यमन्त्री
बहादुरसिंह लामालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदबाट राजीनामा
दिन फेरि निर्देशन दिएका छन् ।
सभापति
देउवाले बागमतीमा संसदीय दलको नेताबाट पराजित भएका लामालाई बोलाएर राजीनामा दिन
निर्देशन दिएका हुन् ।
लामा निकट
एक प्रदेश सांसदका अनुसार सभापतिसँग मुख्यमन्त्रीको कुराकानी भएको हो, सभापतिले
राजीनामा गर्न निर्देशन दिनुभएको छ । सभापतिले दिनुभएको निर्देशनको जवाफमा
लामाले कांग्रेसका सांसदहरुसँग छलफल गरेर निर्णय लिने बताएका छन ।
- न्युज बहार संवाददाता