असार ३, काठमाडौँ
। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा यही असार ६ गतेसम्म मनसुन
सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको छ।
असार ६
गते सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको विभागले जारी गरेको बुलेटिनमा
उल्लेख गरिएको छ । यसको असरबाट बच्न आवश्यक तयारी गरी सतर्कता अपनाउन विभागले अनुरोध
समेत गरेको छ ।
- न्युज बहार संवाददाता