साउन १६,
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव
रहेको छ। यसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रही अहिले गण्डकी प्रदेश र
बागमती प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको
छ भने लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत भइरहेको
छ ।
आज बुधबार
दिउसो सबर प्रदेशमा मध्यम वर्षाका साथै सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश
र बागमती प्रदेशका
एक–दुई
स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राती पनि बागमती प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम
प्रदेश र कर्णाली प्रदेशका एक–दुई
स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले
जनाएको छ ।
- न्युज बहार संवाददाता