असार ५, काठमाडौँ
। नयाँ वानेश्वरमा एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । नयाँ वानेश्वरस्थित
संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले
आत्महत्या गरेका हुन ।
संसद्
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार उनले आफैँलाई गोली हानेर आत्महत्या गरेका
हुन ।
प्रहरीका
अनुसार दोलखा मेलुङ गाउँपालिका-४ स्थाई घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले
आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका हुन ।
- न्युज बहार संवाददाता