Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नागरिकको जीवन रक्षा गर्न नसक्ने मन्त्रीलाई पदमा बस्न कुनै हक छैन : ज्ञानेन्द्र शाही

  •   १ वर्ष अघि | १ भदौ २०८२, आइतवार

भदौँ १, काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गरेका छन् ।

शाहीले इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका लागि परराष्ट्र मन्त्रालयको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै प्रभावकारी पहल गर्न नसकेको र उनको परिवारको बिचल्ली भएको भन्दै मन्त्री राणाको राजिनामा माग गरेका हुन्।

आफ्नो सामाजिक सञ्जालमार्फत शाहीले परराष्ट्र मन्त्री र मन्त्रालयका कर्मचारीहरूको कडा आलोचना समेत गरेका छन । उनले मन्त्रालयका कर्मचारीहरूमा कूटनीतिक ज्ञानको अभाव रहेको र नागरिकको जीवन रक्षा तथा दुःखमा परेका नागरिकलाई सहयोग गर्न नसकेको आरोप पनि लगाएका छन्। 

शाहीले आफ्नो पोस्टमा लेखेका छन ‘नागरिकको जीवन रक्षा गर्न नसक्ने, दुःखमा परेका नागरिकको घाउमा मल्हम लगाउन नसक्ने परराष्ट्र मन्त्री, आज देउवा राणा र परराष्ट्र मन्त्रालयका कर्मचारीलाई पदमा बसेको कुनै औचित्य छैन।’ 

  • न्युज बहार संवाददाता

थप