जेठ ३०, काठमाडौँ
। आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । नयाँ वानेश्वर
स्थित संघिय संसद भवनाम आह बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा
विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने जनाइएको छ ।
संसद्
सचिवालयका अनुसार आज सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन न्याय तथा संसदीय मामिला
मन्त्रालयका विभिन्न शीर्षकमाथि पनि छलफल हुने छ ।
- न्युज बहार संवाददाता