Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सभामुख घिमरे बहाराईन स्थित नेपालि दुतावासमा।

नेपाली श्रमिकको अवस्थाबारे जानकारी।

  •   ४ वर्ष अघि | ३० फाल्गुन २०७९, मङ्लबार

फागुन ३०, काठमाडौँ । सभामुख देवराज घिमिरेले अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औं महासभामा भाग लिन बहराइन पुगेका बेला नेपाली श्रमिकको अवस्थाबारे पनि जानकारी लिएका छन्। 

सभामुख घिमिरे मनामास्थित नेपाली दूतावासमा मंगलबार बिहान पुगेर राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएका हुन्। 

अधिकारीहरुले राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको, बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको लगायतका जानकारी सभामुखलाई गराएका थिए। सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार उक्त भेटमा सहभागी अधिकारीहरुले काठमाडौँमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणा समेत राखेका थिए।

  • न्युज बहार संवाददाता

थप