फागुन ७,काठमाडौं
। हिजो महाशिवरात्रीको दिन सेना दिवस मानउने क्रममा नेपाली सेनाले एकैपटक पाँच सय
५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ ।
महाशिवरात्रि
तथा सेना दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा
प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र
गिनिजबुक अफ वर्ल्डका नेपाल प्रतिनिधि हस्तान्तरण गरे ।
टुँडिखेलमा
यही फागुन ६ गते सेनाले सङ्गठन स्थापनाको दुई सय ६०औँ वार्षिकोत्वका अवसरमा उक्त
संख्यामा मादल बजाएर विश्व रेकर्ड कायम गरेकोमा संस्थाका नेपाल प्रतिनिधि सागर
कटुवालले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।