Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

विराटनगर महानगरको नगर बस सञ्चालनको तयारी।

सिटी रिक्साको पनि व्यवस्थापन गरिने

  •   ४ वर्ष अघि | १९ फाल्गुन २०७९, शुक्रबार

फागुन १९, बिराटनगर । नगर बस सन्चालनको तयारीमा विराटनगर महानगरपालिका  यतिखेर खटिएर लागेको छ।

महानगरले आगामी तीन महिनाभित्रमा १९ वटा बस सन्चालनमा ल्याउने गरी तयारी थालिएको बताएको छ।

महानगरले लगानी बोर्ड र प्रदेश सरकारको संयुक्त सहयोगमा नगर बस सञ्चालन गर्ने तयारी गरेको महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिएकी छिन।

उपप्रमुख शिल्पा निराला कार्कीले भनिन ‘महानगरको १९ वटै वडाभित्रको चोकहरूबाट नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ, ‘हरेक १०-१० मिनेटको अन्तरमा नगर बस चोकहरूमा आइपुग्ने समय तालिका छ।’

विराटनगर महानगरपालिकाले त्यसैको तयारी स्वरूप सम्भाव्यता रुटहरूको परीक्षण पनि पूरा गरिसकेको छ। अहिले जम्मा चार वटा रुटहरू तय गरिएको छ भने  आवश्यकता अनुसार यी रुटहरू थप हुने बताईएको छ।

नगर बस संचालनमा ल्याएपछि सिटी रिक्साको पनि व्यवस्थापन गरिने उपप्रमुखले बताइन्। 

  • न्युज बहार संवाददाता

थप