Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

१२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक।

  •   ४ वर्ष अघि | १० चैत्र २०७९, शुक्रबार

चैत १०, काठमाडौँ। राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक भएको छ।

आज शुक्रवार राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको हो।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' द्वारा जनगणनाको प्रतिवेदन सार्वजनिक गरिएको हो।  

आज सार्वजनिक गरिएको राष्ट्रिय जनगणनाको विवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ।

शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्। अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो।

  • न्युज बहार संवाददाता

थप