Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चार सवारीसाधन आपसमा ठोक्किदा ८ जना घाईते।

  •   ४ वर्ष अघि | ९ चैत्र २०७९, बिहिबार

चैत ९, काठमाडौं। आज विहिवार दिउँसो काठमाडौँको चप्पल कारखानास्थित चक्रपथमा चार वटा सवारी साधन आपसमा ठोक्किदा ८ जना घाईते भएका छन्। 

आज दिउँसो उक्त स्थानमा एउटा कारले तीन वटा मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन्।

एसपी रिजालले दुर्घटनामा परी ८ जना घाइते भएका र तीमध्ये एक जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र अरूलाई ह्याम्स अस्पताल लगिएको जानकारी दिएका छन्। 

उक्त दुर्घटनामा अन्य सवारी साधनमा पनि क्षति भएको बताइएको छ भने प्रहरीले दुर्घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको छ। 

  • न्युज बहार संवाददाता

थप