मंसिर ७, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका
उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई जिल्ला अदालत काठमाडौँले २
वर्ष कैद सजाय सुनाएको छ ।
नेपाल
विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव रुपेश साह, योगेन्द्र रावल, सयुज श्रेष्ठ, रविन लामा, निरज रानामगरलाई न्यायाधीश विनोद
खतिवडाको इजलासले उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर गरेको
हो ।
पीडित अर्थात उपप्राध्यापक चलाउनेलाई
उनीहरुबाट २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत गरेको छ । दीपक ओझा आरोपितले
भने सफाइ पाएका छन् ।
- न्युज बहार संवाददाता