Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सरकारबाट राजीनामा दिनुपर्छ भन्ने नै छैन, मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन : बहादुर सिंह लामा

  •   १ वर्ष अघि | १४ साउन २०८२, मङ्लबार

साउन १३, हेटौंडा । आफू संसदीय दलको नेताबाट हटेको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बताएका छन । तर आफु संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पद नछाड्ने अडान मुख्यमन्त्री बहादुर सिंह लामाले लिएका छन् ।

मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने र नदिने जिकिर आफूविरुद्ध संसदीय दलमा भएको मत विभाजन प्रक्रियामा फेल भएका सिंहले गरेका हुन् ।

मत विभाजन प्रक्रियापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै यस विषयमा उनले भने ‘सरकारबाट राजीनामा दिनुपर्छ भन्ने नै छैन, सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो, मुख्यमन्त्री पदबाट हटाउनपर्ने कुनै आधार छैन, हटाउनुपर्ने पनि होइन, मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन।’

उनका अनुसार उनीमाथि पार्टी भित्रबाटै विभिन्न प्रपञ्च रचिएको र यो कुरा आजैमात्र उनले थाहा पाएका हुन। 

  • न्युज बहार संवाददाता

थप