साउन ७, काठमाडौँ । नेपाली सेयर मार्केटमा अब नेपाल धितोपत्र बोर्डले इन्ट्रा–डे कारोबार गर्न व्यवस्था गर्ने भएको छ । धितोपत्र बोर्डले ल्याएको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो ।
एउटै
सेयर एकै दिनभित्र पटक पटक खरिद तथा बिक्री गर्न सकिने व्यवस्थालाई ‘इन्ट्रा डे’ कारोबार भनिन्छ । अहिले यस्तो
व्यवस्था छैन । अहिले खरिद बिक्री गरिएको सेयर राफसाफ भई सम्बन्धित व्यक्तिको
खातामा आएपछि मात्रै पुनः कारोबारका लागि योग्य हुन्छ ।
अहिले राफसाफका
लागि टिप्लसटू कारोबार प्रणाली लागु भइरहेको छ । यस प्रणालीमा कारोबार गरिएको सेयर
राफसाफ हुन २ दिन लाग्ने गर्छ । यदी इन्ट्रा–डे कारोबार प्रणाली लागु भयो
भने दिनभर कारोबार भएकोमध्ये खरिद गरिएको र बिक्री गरिएको शेयरको खुद शेयरको
मात्रै रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।
- न्युज बहार संवाददाता