जेठ २०, काठमाडौँ । काठमाडौँमा सहकारी पीडितहरु र वचतकर्ता महासंघ संघर्ष समितिले वचत फिर्ताको माग राख्दै विरोध प्रदर्शन गरेको छ ।
आज शनिबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म विभीन्न समय विभिन्न सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको वचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।
सहकारीहरुले फिर्ता नगरेको सर्वसाधारणको वचत रकम सहकारी वचतकर्ता र पीडितहरुले फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्म याचना गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन।
- न्युज बहार संवाददाता