Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यसपाली दसैँलाई नयाँ हैन सुकिला नोट, कहिले देखि साट्न पाइन्छ?

  •   २ वर्ष अघि | २६ भदौ २०८१, बुधबार

भदौ २६, काठमाडौँ । २०८१ सालको दसैँका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ । राष्ट्र बैंकका अनुसार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट असोज १३ गतेदेखि नोट साट्न सकिने छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले यसपटक दसैँमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको बताएका छन । राष्ट्र बैंकका साथै बैंकहरूमार्फत आउँदो असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने व्यवस्था गर्न लागिएको हो ।

सुकिला नोट साट्न चाहाने हरेक व्यक्तिले प्रतिव्यक्ती १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउनेछन् । एक सेटका दरले १८ हजार ५०० मा ५, १०, २०, ५० र १०० का सुकिला नोट रुपैयाँ साट्न पाइनेछ । जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता पोखेरलले बताए ।

हरेक वर्ष नयाँ नोट बजारमा पठाउने गरेको केन्द्रीय बैंकले यसपटक भने एकपटक प्रयोगमा आएका तर सफा र नयाँ नोट जस्तै नोट बजारमा पठाउन लागिएको जनाएको छ । एकपटक पठाएको नयाँ नोट पुरानो नहुँदै पुनः नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समेत समस्या आएकोले यसपटक नयाँ नोट उपलब्ध नगराउने केन्द्रीय बैंकले जानकारी गराएको छ । 

  • न्युज बहार संवाददाता

थप