Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेप्सेमा सामान्य बृद्धी कारोबार रकममा भने गिरावट

  •   २ वर्ष अघि | ८ माघ २०८१, मङ्लबार

माघ ८, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक ५.०८ अंकले बढेर २६१३.०८ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। बजारमा यस दिन ३११ स्टकको ६९ हजार ८४० पटकको कारोबारमा ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँबराबरको १ करोड १६ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सर्वाधिक ८.९६ प्रतिशतले कारोबारमा आएको रिभर फल्स पावरको शेयरमूल्य घटेको छ।

यस दिन कारोबार रकमका आधारमा सिईडिबी होल्डिङ्गस शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन २३ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ

यस दिन सर्वाधिक २.७९ प्रतिशतले अन्य उपसमूहको परिसूचक बढेको छ भने सबैभन्दा बढी २.१० प्रतिशतले व्यापार उपसमूहको परिसूचक घटेको छ

  • न्युज बहार संवाददाता

थप