फागुन
२३, काठमाडौँ । आज बुधबार सेयर बजार नेप्सेमा
केही सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक
९.३३ अंक(०.४६ प्रतिशत) बढेर २०१७.०३ विन्दुमा बन्द भएको छ।
यस
दिन नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । यस दिन ३०८ स्टकको ५८ हजार ९४० पटकको
कारोबारमा ३ अर्ब ४५ करोड ८ लाख रुपैयाँ बराबरको ९१ लाख ३८ हजार कित्ता शेयर
खरिदबिक्री भएको हो ।
डोल्टी पावर कम्पनीको
शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन मोलुङ्ग
हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.७१ प्रतिशतले घटेको छ।
यस दिन कारोबार रकमका
आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस
दिन ३३ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३
उपसमूहमध्ये ३ उपसमूहको परिसूचक घटेको छ भने १० उपसमूहको परिसूचक बढेको छ । सर्वाधिक
१.६८ प्रतिशतले यस दिन वित्त उपसमूहको परिसूचक बढेको छ भने यस दिन बैंकिङ्ग, जीवन बीमा र म्युचुअल
फण्ड उपसमूहको परिसूचक घटेको हो।
- न्युज बहार संवाददाता