साउन १६, काठमाडौँ । अब सेयर कारोबार गर्नका लागि नयाँ नियम लागु हुने भएको छ । सेयर कारोबारको लागि ब्रोकर कम्पनीमार्फत खोलिने खाता खोल्नको लागि राष्ट्रिय परिचय पत्र चाहिने भएको छ ।
ग्राहक
पहिचान (केवाईसी)लाई नेपाल धितोपत्र बोर्डले राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न
निर्देशन दिएको छ । नेपाल स्टक एक्स्चेन्जले सोही निर्देशन बमोजिम सम्पूर्ण
कारोबार सदस्यमार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र वा परिचयपत्र
नम्बर लिने व्यवस्था गर्न अनुरोध गरेको हो ।
ग्राहकले अब
राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा केवाईसी विवरण भर्नुपर्ने छ भने हालसम्म नागरिकता तथा नागरिकता नम्बरका
आधारमा केवाईसी फारम भरिँदै आएको थियो ।
नेप्सेले साथै
यसअघि नै कारोबार खाता खोली कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग
गरिरहेकालाई पनि राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध गराउनेगरी काम गर्न ब्रोकर
कम्पनीहरुलाई आग्रह गरेको छ ।
- न्युज बहार संवाददाता