माघ २९, वीरगञ्ज । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-७
जीतपुरस्थित सिटी मार्केटमा आगलागी भएको छ । आगलागीबाट पूर्णरुपमा ६ वटा पसल जलेर नष्ट
भएका छन् भने आगलागीबाट लाखौंको
क्षति भएको अनुमान छ ।
कपडा मार्केटबाट आगलागी सुरु
भएको थियो । पहिले अनिल
साहले संचालन गरेको कपडा पसलबाट आगलागी सुरु भएको थियो । विधुत सर्ट भएर आगलागी
भएको हुन् सक्ने अनुमान गरिएको छ । जीतपुर प्रहरीले आगो किन र कसरी लाग्यो भन्ने
अनुसन्धान भइरहेको जनाएको छ ।
बिहान ७:३० बजे लागेको आगो ९ बजे
नियन्त्रणमा आएको थियो । समयमै आगो नियन्त्रणमा लिएकोले थप क्षति हुन नपाएको
प्रहरीले जनाएको छ ।
आगलागीपछि
सिटि मार्केटमा भागदौड मच्चिएको थियो भने छेउछाउका पसलेहरूले आ-आफ्नो पसलभित्र
रहेको लता कपडा निकालेका थिए ।
३ वटा बारूणयन्त्र, सुरक्षा निकाय र स्थानीय बासिन्दाको
प्रयासमा आगोलाई
नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।