Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

३९.७० अंकले बढेको नेप्सेमा व्यापार उपसमूहको परिसूचकमा उछाल

  •   २ वर्ष अघि | १२ मंसिर २०८१, बुधबार

मंसिर १२, काठमाडौँ । बुधबार साताको चौथो कारोबार दिन नेप्से परिसूचक बढेको छ ।  

यस दिन नेप्से परिसूचक ३९.७० अंक( १.४६ प्रतिशत)ले बढेर २७५६.३६ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिन बजारमा ३१६ स्टकको ८८ हजार ९९९ पटकको कारोबारमा ९ अर्ब ३१ करोड २८ लाख ४४ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन विशाल बजार कम्पनी लगायत अन्य सात कम्पनिको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनिको आज ३४ करोड १ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक मात्र घटेको छ । यस दिन सर्वाधिक ९.२७ प्रतिशतले व्यापार उपसमूहको परिसूचक बढेको छ भने वित्त उपसमूहको परिसूचक सामान्य घटेको हो।

  • न्युज बहार संवाददाता

थप