Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सर्वोत्तम सिमेन्टको आईपीओ माग भन्दा १९.३ गुणा बढी आवेदन, ५५ हजार ५२१ हाराहारीले मात्रै आईपीओ पाउने

  •   ३ वर्ष अघि | १६ फाल्गुन २०८०, बुधबार

फागुन १६, काठमाडौँ ।  सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) मा आज अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म १० लाख १२ हजार ३८४ जनाको आवेदन परेको छ । कम्पनीको आईपीओमा १९.३ गुणा बढी आवेदन परेको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ ।

कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्रै आवेदन खुलाएकोमा यता आवेदकले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता माग गरेका छन् । कम्पनिको आइपिओ बापत कुल १९ अर्ब ३५ करोड रुपैयाँको आवेदन परेको छ भने आवेदककै बैंक खातामा उक्त रकम ब्लक भएको छ ।

यही तथ्यांक अनुसार आईपीओ भर्ने ९४ प्रतिशत बढीको हात रित्तो हुने भएको छ । १० लाखले आईपीओ भरेको खण्डमा ५‍.५ प्रतिशतले मात्रै आईपीओ पाउने छन् । कम्पनिको न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था अनुसार ५५ हजार ५२१ हाराहारीले मात्रै आईपीओ पाउने छन् । बाँकी सबैको हात्त रित्तो हुने देखिएको छ ।

  • न्युज बहार संवाददाता

थप