Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

आम्दानिको राम्रो स्रोत बन्दै बाख्रापालन

  •   ८ महिना अघि | ८ मंसिर २०८०, शुक्रबार

मंसिर ८, कञ्चनपुर । कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका१ निगालीका भक्तबहादुर विष्ट चरन क्षेत्रमा बाख्रा लैजाने तयारीमा गर्दैछन । उनले चुरे क्षेत्रमा रहेको गोठमा बाख्रा चराउनका लागि सुरसार गरेका हुन् ।

यस क्षेत्रका बासिन्दाले मङ्सिरको पहिलो हप्ता चुरेमा रहेका गोठमा बाख्रा लगेर वर्षात्को समय सुरु हुन थालेपछि मात्र तराई झर्ने गरेका छन् । विष्टले डेढ दशकदेखि परम्परागतरूपमा बाख्रापालन गर्दै आएका छन् । जमुनापारी र तोतापारी जातका सय बढी बाख्रा उनका गोठमा रहेका छन् । 

उनको वार्षिकरूपमा बाख्रापालन गरी रु पाँच लाखदेखि रु सात लाखसम्म आम्दानी हुने गरेको छ । उनले रु तीन लाख २८ हजारका खसीबोका गएको दसैँ र तिहारमा मात्रै बिक्री गरे । उनका अनुसार यी जातका खसीबोका ६५ किलोदेखि ७० किलोसम्मको हुने गरेको छ । गोठबाटै जिउँदो खसी रु पाँच सय ५० प्रतिकिलोका दरले नेपालगञ्ज, काठमाडौँलगायत क्षेत्रका व्यापारीले खरिद गरेर लैजाने गरेका छन् ।

बाख्रापालनकै कमाइबाट किसान विष्टले बेदकोट नगरपालिकाको दैजीमा घरघरेडी जोडेका छन् भने निगालीमा डेढ बिघा जग्गा खरिद गरी खेती गर्दै आएका छन्।

विष्टले बाख्रापालनसम्बन्धी कुनै पनि तालिम लिएका छैनन उनले पुरानै तरिकाले बनाइने खोरमा बाख्रा राख्दै आएका छन्। बाख्रालाई चोटपटक र रोगव्याधि लाग्यो भने उपचार पनि आफैँले गर्दै आएका छन् । 

  • न्युज बहार संवाददाता

थप