असोज २६, काठमाडौँ । असोज २३ गतेदेखि निष्काशन तथा बिक्री खुला
गरेको चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
८ लाख ५९ हजार ३०० कित्ता शेयर कम्पनीले
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि निष्काशन गरेको हो। सो
आईपीओमा न्यूनतम १० अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ।
इक्रा नेपालले आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा
कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसको अर्थ
कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको बन्ने हुन्छ ।
आरबिबि
मर्चेन्ट बैंकिङ्ग लिमिटेड कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति
प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका
तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको
सफ्टवेयर ‘मेरो शेयर’ प्रयोग गरी अनलाइन मार्फत आवेदन दिन सक्नेछन्।
- न्युज बहार संवाददाता