Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भोली बुधवार हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आइपिओ बाँडफाँट हुने

  •   ३ वर्ष अघि | १० पुस २०८०, मङ्लबार

पुस १०, काठमाडौव । भोली बुधवार हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार भोली बुधबार बिहान १० बजे शेयर बाँडफाँट हुने छ। क्यापिटलले कम्पनीको शेयर बाँडफाँट ताज रिसेप्सन सुवर्ण शमशेर मार्ग बालुवाटारमा हुने जनाएको छ।

गत मंसिर २७ गते देखि कम्पनीले शेयर निष्कासन गरेको थियो। कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्कासनमा ल्याएको थियो ।

कम्पनिले दोस्रो चरणमा  बाँकी रहेको २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासनमा ल्याएको थियो। १६ लाख ६१ हजार दुई सय ४२ जनाले आवेदन दिएका शेयर बुधवार बाँडफाँट हुन लागेको हो। 

  • न्युज बहार संवाददाता

थप