Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्री गर्न पायो अनुमति, ६०८ देखि ९१२ रूपैयाँसम्मको मूल्य रेन्ज तोकियो

  •   ३ वर्ष अघि | २० पुस २०८०, शुक्रबार

पुस २०, काठमाडौँ ।  धितोपत्र बोर्डबाट रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्री गर्न अनुमति पाएको छ। 

बुक बिल्डिङबाट कम्पनीले जारी गर्नेमध्ये ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ताको लागि बिक्री गर्ने भएको हो। 

अहिले कम्पनीले प्रतिकित्ता ६०८ देखि ९१२ रूपैयाँसम्मको मूल्य रेन्ज तोकेको छ। 

अब योग्य लगानीकर्ताहरूले यसमा बोलकबोल प्रक्रियाबाट उचित मूल्य तोक्नेछन्, त्यसपछी मूल्य निर्धारण हुनेछ। 

त्यसपछि यस्ता संस्थाले पनि फेरि आफूले पनि सेयर लिने गरेर बोलकबोल गर्नेछन्।

यो पटक संस्थागत योग्य लगानीकर्ताहरूले गर्ने बोलकबोलमा निस्किने कट अफ प्राइसभन्दा १० प्रतिशतले कम मूल्य राखेर दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरिन्छ। कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

  • न्युज बहार संवाददाता

थप