Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

३.३३ अंकले बढ्यो नेप्से, रिलायबल नेपालको सर्वाधिक कारोबार

  •   ३ वर्ष अघि | २० मंसिर २०८०, बुधबार

मंसिर २०, काठमाडौँ । आज नप्से परिसूचक सातौँ कारोबार दिनपछि झिनो अंकले बृद्धी भएको छ।

यस दिन नेप्से परिसूचक ३.३३ अंक (०.१८ प्रतिशत)ले बढेर १८४१.०४ बिन्दुमा बन्द भएको छ।

यसदिन नेप्से परिसूचक बढे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केही घटेको छ।

सीमित भएको छ।

यस दिन २९३ वटा धितोपत्रको ३७ लाख ५५ हजार १२४ कित्ता सेयर किनबेचबाट १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रूपैयाँको कारोबार भएको छ ।

आज ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सिंगटी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.१३ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बाँकी सबै समूहको परिसूचक बढ्दा बैंकिङ, वित्त, होटल्स तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ

यसदिन सर्वाधिक १.२१ प्रतिशतले जीवन बीमा समूहको परिसूचक बढेको छ।

  • न्युज बहार संवाददाता

थप