Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

६.२४ अंकले घट्यो नेप्से, कारोबार रकममा भने सामान्य बृद्धी

  •   ३ वर्ष अघि | ६ चैत्र २०८०, मङ्लबार

चैत ६, काठमाडौँ । आज मंगलबार साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक ६.२४ अंक(०.३० प्रतिशत)ले घटेर २०६७.२९ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्से घट्दा कारोबार रकम भने बृद्धी भएको छ । यस दिन ३०७ स्टकको ६३ हजार ८०१ पटकको कारोबारमा ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको ९४ लाख ७८ हजार कित्ता शेयर कारोबार भएको हो ।

तीन स्टकको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन धौलागिरी लघुवित्त, सर्वोत्तम सिमेन्ट र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सर्वाधिक ७.०८ प्रतिशतले कारोबारमा आएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज २५ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक घटेको छ भने ३ उपसमूहको परिसूचक बढेको छ । यस दिन सर्वाधिक २.१० प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको हो । यस दिन सर्वाधिक १.३८ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप