Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२३.८१ अंकले घट्यो नेप्से

  •   २ वर्ष अघि | १६ जेष्ठ २०८१, बुधबार

जेठ १६, काठमाडौँ । नेप्से परिसूचक बजेट पछिको पहिलो कारोबार दिन घटेर बन्द भएको छ । आज नेप्से घटेर २१०० विन्दुभन्दा तल झरेको छ।

आज बजार परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा बन्द भएको हो।

नेप्से घट्दा कारोबार रकम भने बढेको छ। यस दिन ३१४ स्टकको ६३ हजार ८० पटकको कारोबारमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

आज ४ स्टक युनिलिभर नेपाल,  अप्पर लोहोरे खोला हाइड्रोपावर, कालिञ्चोक दर्शन र भगवती हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.४१ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन १९ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।

आज म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ ।

आज सर्वाधिक २.६८ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ भने सर्वाधिक २.९४ प्रतिशतले बैंकिङ्ग उपसमूहको परिसूचक घटेको छ।

 

 

  • न्युज बहार संवाददाता

थप