Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भदौ ३ गतेदेखि खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर बिक्री खुला गर्दै

  •   १ वर्ष अघि | १७ साउन २०८२, शुक्रबार

साउन १६, काठमाडौँ । भदौ ३ गतेदेखि खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। 

हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर कम्पनीले निष्कासन गर्न लागेको हो।

हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर कम्पनीले निष्कासन गर्न लागेको हो। 

यस अनुसार कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

कम्पनीले असार २७ गते हकप्रद सेयर निष्कासन प्रयोजको लागि बुक क्लोज गरिसकेको छ। 

यस अनुसार सो हकप्रद सेयरका लागि असार २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद सेयरमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

सिटिजन्स क्यापिटल लिमिटेड कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ। 

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको ललितपुर, सिटिजन्स बैंक इन्टरनेसनलको कुमारीपाटी, ठिमी, विराटनगर, विर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप