Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

९.४४ अंकले बढेको नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार

  •   ३ वर्ष अघि | २३ माघ २०८०, मङ्लबार

माघ २३, काठमाडौँ । मंगलबार साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ ।

यस दिन नेप्से परिसूचक ९.४४ अंक(०.४५ प्रतिशत)ले बढेर २०८५.७१ विन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। यस दिन ३१५ स्टकको ६६ जार ५५९ पटकको कारोबारमा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बराबरको ७६ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, गुराँस लघुवित्तको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने सामलिङ पावर कम्पनिको शेयर सर्वाधीक १० प्रतिशतले घटेको छ ।

यस दिन पनि हिमालयन रि इन्स्योरेन्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ ।

यस दिन १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । यस दिन १ प्रतिशतभन्दा बढी उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको छ भने कारोबारमा आएको अन्य र व्यापार उपसमूहको परिसूचक घटेको हो ।

  • न्युज बहार संवाददाता

थप