Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा पहिलो दिन माग भन्दा बढी आवेदन

  •   २ वर्ष अघि | २१ पुस २०८१, आइतवार

पुस २१, काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा पहिलो दिन नै ३.४३ गुणा बढि आवेदन परेको छ । आजदेखि  कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आज मात्र ४ लाख ४५ हजार ५६९ जनाले माग आवेदन दिएका छन्।

आइतबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको ६३ लाख ३० हजार ८०० कित्ता शेयरका लागि आवेदन परेको सीडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओ छिटोमा पुस २४ गतेसम्म न्यूनतम १० कित्तादेखी भने अधिकतममा एक लाख कित्तासम्म शेयरका लागि आवेदन दिन सकिनेछ ।

 

  • न्युज बहार संवाददाता

थप