Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

१५.३३ अंकले बढ्यो नेप्से कारोबार रकम कति?

  •   २ वर्ष अघि | २९ माघ २०८०, सोमवार

माघ २९, काठमाडौँ । आज सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १५.३३ अंक(०.७३ प्रतिशत) बढेर २१०१.१६ विन्दुमा बन्द भएको छ । यस दिन नेप्से बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । यस दिन ३१४ स्टकको ७५ हजार १०५ पटकको कारोबारमा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समाज लघुवित्त, बोटलर्स नेपाल (बालाजु), चिरख्वा हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर र बलेफि हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य यस दिन सर्वाधिक ८.८९ प्रतिशतले घटेको छ।

यस दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

यस दिन १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक घटेको छ भने १२ उपसमूहको परिसूचक बढेको छ । यस दिन सर्वाधिक २.२२ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ। यस दिन कारोबारमा आएको अन्य उपसमूहको परिसूचक ०.०५ प्रतिशतले घटेको छ।

  • न्युज बहार संवाददाता

थप