कार्तिक २०, काठमाडौँ । सुईको माध्यमबाट औषधि दिएको
केहीबेरमै पाटन अस्पतालमा उपचाररत दुई बिरामीको मृत्यु भएको छ।
उपचारका
लागी अस्पताल भर्ना भएका दुई बिरामीलाई ड्युटीमा रहेका नर्सले शनिबार दिउँसो सुई
मार्फत दुई एन्टिबायोटिक औषधि दिएका थिए । दुबै बिरामीको औषधि दिएको पाँच मिनेटमै मृत्यु
भएको थियो ।
मृत्यु
हुनेमा ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी र ओखलढुंगाकी ९० वर्षीया जनमाया
राई रहेका छन । मृतकका आफन्तले मृत्यु पश्चात स्वास्थ्यकर्मीले गलत औषधि दिएका
कारण मृत्यु भएको आरोप लगाएका छन् ।
अस्पतालका
मेडिसिन विभागका प्रमुख डा. युवराज अनुसार राईमा निमोनिया भएको
थियो भने उनको अक्सिजन दिएर उपचार गरिएको थियो । अर्का बिरामी नगरकोटीमा भने निमोनियासँगै कलेजोको पनि
समस्या देखिएको थियो ।
राई
र नगरकोटीलाई सेफि्ट्रयाक्सोन र रगत पातलो गर्ने औषधि (हेपारिन) र चलाइएको डा.
शर्माले बताएका छन ।
यस्तो घटना
भएपछी आइतबार अस्पताल प्रशासन र बिरामीको आफन्तबीच ललितपुरको प्रहरी प्रशासनको
रोहबरमा छलफल भएको थियो । छलफलबाट मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिने र औषधि
परिक्षण गरिने भएको छ ।
आफन्त
आक्रोशित हुँदै गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै हातपात र
दुर्व्यवहारसमेत गरेका थिए ।
आवासकीय चिकित्सकमाथि हातपात भएको थियो । उनीहरु अहिले आन्दोलनमा उत्रिएका डा. शर्माले जनाएका छन । चिकित्सकहरु हातपात गर्ने मानिसलाई प्रकाउ नगरेसम्म आकस्मिक बाहेक सेवा छोडेर आन्दोलनमा उत्रिएका छन् ।
- न्युज बहार संवाददाता