Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज त्रिभुवन विश्वविद्यालयले ४९ औँ दीक्षान्त समारोह आयोजना गर्दै

  •   ३ वर्ष अघि | २ पुस २०८०, सोमवार

पुस २, काठमाडौँ । आज सोमबार त्रिभुवन विश्वविद्यालयले ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ । उक्त कार्यक्रम काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुन लागेको छ । राष्ट्रपति रामचन्द्र पौडेल कार्यक्रमको प्रमुख अतिथि रहनेछन् । साढे ११ बजेबाट सुरु हुने औपचारिक कार्यक्रमका लागी बिहान १० बजेदेखि विद्यार्थीहरूका प्रवेश खुला गरिनेछ ।

त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालका अनुसार यस वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेका छन । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेका हुन् ।

आज हुन लागेको दीक्षान्त समारोहमा ५६ वटा स्टलहरू राखिएको छ । सूचना अधिकारी दाहालका अनुसार त्यही स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ । एमफील/पीएचडीका विद्यार्थी र पदक पाउने विद्यार्थीलाई भने स्टलहरूबाट नभई राष्ट्रपतिको हातबाट नै पदक प्रदान गरिनेछ । ती बाहेकका अन्य सबै विद्यार्थीलाई भने ५३ वटा स्टलबाट प्रमाणपत्र वितरण गरिने छ ।

दीक्षान्त समारोहका आउने विधार्थीका लागि पार्किङ स्थल तोकिएको छ । परीक्षा नियन्त्रण कार्यालयले विश्वनिकेतन मावि, टुँडिखेल, राष्ट्रिय खेलकुद परिषद्को कार्यालय र वर्ल्ड ड्रेड सेन्टरमा पार्किङस्थलत तोकेको हो । 

  • न्युज बहार संवाददाता

थप