Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज देशभर नेपाल संवत् ११४४ र म्हः पुजा पनि मनाइँदै

  •   ३ वर्ष अघि | २८ कार्तिक २०८०, मङ्लबार

कार्तिक २८, काठमाडौँ । आज देशभर नेपाल संवत् ११४४ विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । हाल नेवार समुदायले यस संवत्लाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।

विसं ९३७ (इ सं ८८०) मा राष्ट्रिय विभूति शङ्खधर साख्वाले गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको बताउँछन ।

नेपाल संवत्लाई विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा ललितपुर, काठमाडौँ, बनेपा, भक्तपुर, बाह्रबिसे, धुलिखेल, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।

आजैको दिन नेवार समुदायमा विशेष रुपमा मनाइने म्हः अर्थात आत्म पूजासमेत परेको छ । नेवार समुदायका मानिसले आज कार्तिक शुक्ल प्रतिपदाका दिन आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

  • न्युज बहार संवाददाता

थप