Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यस्तो छ आज भाइटिकाको उत्तम साइत

  •   ३ वर्ष अघि | २९ कार्तिक २०८०, बुधबार

कार्तिक २९, काठमाडौँ । तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदै छ । दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर यो दिन मनाउने गरिन्छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर समृद्धि, दीर्घायु, ऐश्वर्य र येशको कामना गर्दछन् ।

दाजुभाइलाई टीका लगाइदिइसकेपछि दिदीबहिनीले ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका मिठामिठा खानेकुरा दिने प्रचलन रहेको छ । त्यस्तै दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ । समितिका अनुसार राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सकिने छ।

 

  • न्युज बहार संवाददाता

थप