Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

औलो रोगको प्रभाव कर्णालीका हिमाली जिल्लामा पनि देखिन थाल्यो

  •   २ वर्ष अघि | १३ बैशाख २०८१, बिहिबार

बैशाख १३, सुर्खेत । औलो रोगको प्रभाव कर्णालीका हिमाली जिल्लामा देखिन थालेको छ ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णालीले सार्वजनिक गरेको तथ्यांकले विगतमा तराईमा मात्रै देखिने औलो रोग अहिले हिमालसम्म पुगेको देखाएको छ । विश्व औलो दिवसका अवसरमा सुर्खेतमा गरिएको अन्तर्क्रियामा यो तथ्य बाहिर आएको हो ।

निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल आचार्यले औलो रोगको अवस्थासम्बन्धी पाँच वर्षयताको तथ्यांक सार्वजनिक गर्दै हुम्लाको ताजाकोट गाउँपालिका–२, ३ र ४ तथा कालीकोटको खाँडाचक्र नगरपालिका–२ औलो रोगको उच्च जोखिममा रहेको बताएका छन।

हुम्लाको वीरेन्द्रनगर नगरपालिका–७ सहित ९, ताजाकोट १, चङ्खेलीको २, अदानचुली गाउँपालिकाको २ र ३, मुगु सोरु गाउँपालिकाको ४, ५, खत्याडको १, मध्यम जोखिममा रहेको उनले जनाएका छन। 

  • न्युज बहार संवाददाता

थप