बैशाख
१६, काठमाडौँ । नेपालमा यही चालु वर्ष मात्र हात्तीपाइले रोगको औषधि खुवाइने भएको
छ । हात्तीपाइले रोगको औषधि नेपालमा यो वर्षमात्रै खुवाइने भएको हो । सरकारी
सङ्कल्प अनुसार हात्तीपाइले रोग सन् २०३० सम्ममा नेपालबाट निवारण गरिसकिने छ ।
यही बैशाख
१६ गते अर्थात आज आइतबारदेखि धनुषा,
सर्लाही,
झापा, रसुवा,
कपिलवस्तु
महोत्तरी र रौतहटमा
हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने अभियान सञ्चालनमा रहेको छ ।
स्वास्थ्य
सेवा विभागकी महानिर्देशक डा. सङ्गीता कौशल मिश्राका अनुसार सम्भवतः हात्तीपाइलेको
औषधि सेवन अभियान यो नै अन्तिम हुने छ।
- न्युज बहार संवाददाता