माघ २९, कास्की
। एक महिने सारङ्गी प्रशिक्षण कार्यक्रम गण्डकीको हेम्जामा सम्पन्न भएको छ । गण्डकी
प्रज्ञा–प्रतिष्ठानको
आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा प्रशिक्षण
कार्यक्रम सम्पन्न भएको छ । सारङ्गी बादक सम्मरबहादुर गायकले गन्धर्व समुदायका २५
बालबालिकाको सहभागिता रहेको प्रशिक्षणमा स्थापित सहजीकरण गरेका थिए ।
गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका कार्यक्रममा सचिव प्रकाश पौडेलले प्रशिक्षणको समापनमा वैदिककालभन्दा अघि सारङ्गीको उत्पत्ति भएको बताएका थिए ।
उनका अनुसार एक तार हुँदै आज सारङ्गीको विकसित रूप चार तारसम्म आइपुगेको हो भने ऐतिहासिक महत्त्व बोकेको सारङ्गी गन्धर्व समुदायसँग जोडिनु खुसीको कुरा पनि हो ।
उनले नेपाली लोक भाकामा प्रयोग गरिने सारङ्गी बाजा मात्र नभई व्यवसाय पनि भएको उल्लेख गर्दै नयाँ पिँढीले यसको संरक्षण प्रवर्द्धनमा पनि जोड्नुपर्ने आवश्यकता रहेको बताएका छन ।
- न्युज बहार संवाददाता