Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात

  •   ३ वर्ष अघि | २३ माघ २०८०, मङ्लबार

माघ २३, गोरखा । पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि गोरखाको गण्डकी गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुवात गरेको छ ।

गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाका अनुसार पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि चालु आर्थिक वर्ष २०८०-०८१ मा विनियोजित बजेटमार्फत स्वास्थ्य बीमा गर्न सुरु गरिएको हो ।  

विश्व ‘क्यान्सर’ दिवसका अवसर पारेर गाउँपालिकाले वडा नं ६ बाट स्वास्थ्य बीमा कार्यक्रमको थालनी गरेको हो । 

क्यान्सर’पीडित परिवार तथा गर्भवतीलाई आग्रीडाँडा सामुदायिक स्वास्थ्य एकाइमा ‘स्वास्थ्य बीमा फारम उपलव्ध गराएर बीमा कार्यक्रमको औपचारिक सुरुआत गरिएको छ ।

प्रमुख तिमल्सिनाले कार्यक्रम सुरु भएसँगै पालिकाभित्र सूचीकृत भएका सबै गर्भवती तथा दीर्घरोगीलाई निःशुल्क स्वास्थ्य बीमा उपलव्ध गराउँदै जाने जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप