Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गण्डकी प्रदेशको राजधानी पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान

  •   ३ वर्ष अघि | १४ कार्तिक २०८०, मङ्लबार

कार्तिक १४, पोखरा । बिरामीका लागि गण्डकी प्रदेशको राजधानी पोखरामा रगत अभाव भएको छ । दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले जनाएको छ ।

रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थालेपछि सोमबार आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेर भएपनि अस्पतालहरूमा उपचाररत बिरामीलाई तत्काल रगत अभाव रोकिएको छ ।  उक्त रक्तदान पोखरा–५ जिरो किमीमा गरिएको थियो । रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले सो रक्तदान कार्यक्रमबाट ४० युनिट रगत सङ्कलन भएको बताए ।

अहिले रगत छैन भनेपछि सबैबाट सहयोग प्राप्त भएको रक्त सञ्चार केन्द्रले जनाएको छ ।  प्रमुख ज्ञवालीले सहज रगत आपूर्तिका लागि दैनिक कार्यक्रम हुनुपर्ने बताएका छन । केन्द्रका अनुसार प्रदेशको राजधानीसमेत रहेकाले पोखरामा दैनिक ७० देखि ७५ युनिट रगत आवश्यक पर्छ ।

  • न्युज बहार संवाददाता

थप