मंसिर २७, काठमाडौँ । आज काठमाडौँ उपत्यकाको
न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षको
अहिलेसम्मकै कम हो ।
जल तथा
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दिनमा न्यूतम
तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना रहेको रहेको छ ।
आज बिहान
पौने ६ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको र यो यस
वर्षको अहिलेसम्मकै कम तापक्रम भएको महाशाखाका मौसमविद सरोज पुडासैनीले जानकारी
दिएका छन । मौसमविद पुडासैनीले भने, ‘केही दिनयता न्यूनतम तापक्रम
घट्दै गइरहेको छ, तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना रहेको छ ।’
आज बुधबार दिउँसो
काठमाडौँको न्यूनतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान
गरिएको मौसमविद पुडासैनीले जनाएका छन । मंगलबारदेखि चिसो मौसमी प्रणाली नेपाल
प्रवेश गरेको र त्यो कम्तिमा बुधबारसम्म रहने मौमविदले जनाएका छन भने आजको तुलनामा
भोलि (बिहीबार) मौसम सफा हुने पुर्वानुमान गरिएको छ ।
- न्युज बहार संवाददाता